हेटौंडा–काठमाण्डौं चल्ने टाटा सुमोद्वारा यात्रु ठगी

हेटौंडाबाट काठमाण्डौ जाने र काठमाण्डौंबाट हेटौंडा आउने टाटासुमोले यात्रुसंग तोकिएको भन्दा दोब्बर भाडा लिन थालेका छन् ।
जनपत्र
३१ आश्विन २०७८, आईतवार ०८:४६

हेटौंडा । हेटौंडा–काठमाण्डौं चल्ने टाटा सुमोद्वारा यात्रु ठगी गर्न थालेका छन् । पहिले दशैको टिकाको दिन अगाडी काठमाण्डौबाट हेटौंडा आउँदा मात्र यात्रुसंग दोब्वर भाडा लिदै आएका टाटासुमोहरुले अहिले दुबै तर्फबाट ओहोर दोहोर गर्दा यात्रुलाई ठग्न थालेका छन् ।

दशैको टिकाको भोलिपल्टबाट हेटौंडाबाट काठमाण्डौ जाने र काठमाण्डौंबाट हेटौंडा आउने टाटासुमोले यात्रुसंग तोकिएको भन्दा दोब्बर भाडा लिन थालेका हुन् । टाटासुमोको कृतिम अभाब सृजना गरेर यात्रुलाई ठग्न थालेका हुन् । काठमाण्डौबाट हेटौंडा आउँदा नारायणी यातायाता व्यावसायी संघको टाटासुमोले प्रत्यक यात्रुसंग एक हजार रुपैयाका दरले लिएको मकवानपुरगढीका सुसान्त चौलागाईले वताउनुभयो । हेटौंडाबाट चल्ने एक दर्जन सुमो कम्पनिहरुले यात्रु ठगिगरिरहेका हुन् ।

पहिले टाटासुमो छैन भन्ने पछी यात्रुसंग तोकिएको भन्दा दोब्बर भाडा लिने गरेको यात्रुहरु वताउँछन् । हेटौंडाबाट काठमाण्डौं जाने यात्रुहरुसंग पनि प्रत्यक टाटासुमोले यात्रु ठगी गरिरहेका छन् । आजका सुमोहरुले काठमाण्डौ लैजादा एक हजार देखि १२ सय रुपैयाँ सम्म भाडा असुल गरिरहेका छन् । यात्रुलाई टिकट भने ५ सय ७५ रुपैयाँको थमाउने गरिएको छ । धेरैले त टिकट समेत दिने गरेका छैनन । हेटौंडा बजारमा बाक्लो मात्रामा छरिएका प्रहरी पनि यात्रु ठग्दा रमिते बनेर बसेका छन् ।

सुमोहरुले यात्रु ठगि गरेको गुनासो आएकाले यसको नियन्त्रण गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले वताउनुभयो । प्रहरी परिचालन गरेर यात्रु ठगि नियन्त्रण गर्न तत्काल लागिने उहाँले वताउनुभयो । हेटौंडाबाट छोटो दुरीको मार्ग भएर काठमाण्डौं जाने यात्रुसंग बढी भाडा लिइदै आएको हो । तर, हेटौंडाको चौकीटोलमा ट्राफिक प्रहरी र जनपथ प्रहरीको चेकिङ भएपनि यसलाई नियन्त्रणमा कुनैपनि चासो दिइएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*