२४ घण्टा नबित्दै मकवानपुरमा दुर्घटनामा चार जनाको मृत्यु

इन्द्रसरोबर र रातोमाटेमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
जनपत्र
३० आश्विन २०७८, शनिबार २०:२९

हेटौंडा । मकवानपुर दुइवटा दुर्घटनामा २४ घण्टा नवित्दै चार जनाको मृत्यु भएको छ । हेटौंडाको रातोमाटे र ईन्द्रसरोबरमा टाटा सुमो दुर्घटनामा गरी चार जनाको मृत्यु भएको हो ।

इन्द्रसरोवरमा गाडी दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन । शनिबार साँझ हेटौडा भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर–२ लामिबगरमा यात्रु लिएर काठमाण्डौ बाट बिरगंज तर्फ आउदै गरेको ना १ ज ४५११ नम्बरको शिखरपुर यातायातको सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।

दुर्घटनामा मृत्यु हुनेमा सुमोमा सवार काठमाडौं महानगरपालिका-१६ गोदाबारीका ६२ बर्षीय बिष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका-७ गोबिन्दपुरका ४५ बर्षीय रामसनही राम रहेका छन् । दुबैलाई पाटन अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुमोमा सवार चालक सहित १० जना घाईते भएका मध्ये ६ जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएकोमा दुइजनाको उपचारको क्रममा ज्यान गएको र ज्यान जाने दुबै पुरुष रहेको प्रहरी निरीक्षक दासले बताउनुभयो । सुमो चालक सहित अन्य ४ जनालाई थप उपचारका लागि हेटौंडा ल्याइएको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । गएराती नारायणगढ बाट काँकडभिट्टा जादै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारमा हेटौंडा–१५ बस्ने १८ बर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ बर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले वताउनुभयो । ठक्कर दिने बस तथा चालक मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*