चिनियाँ राजदूतको दशैँ
काठमाण्डौ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विजयादशमीको सुभकामना व्यक्त गर्नुभएको छ । राजदूत यान्छी आफूले दशैँको टीका लगाउँदै दूतावासका आफ्ना सहकर्मीहरुलाई पनि टीका लगाइदिनुभएको छ । उहाँले दशैँको टीका लगाएका तस्बिर सामाजिक सञ्जाल ट्विटरमा पनि पाेस्ट गर्नुभएको छ ।
राजदूत यान्छीले टीका जमारासहितको तस्बिर पोस्ट गर्दै लेख्नुभएको छ, ‘ मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।’
Glad to celebrate Dashain Festival with my Nepali colleagues! Wish all Nepali brothers&sisters good health, happiness and achievement in your life!
मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु pic.twitter.com/IcFpLmgbrT— Ambassador Hou Yanqi (@PRCAmbNepal) October 15, 2021