मकवानपुरको भीमफेदी बालमन्दिरका बालबालिकालाई पुस्तक सहयोग

जनपत्र
२८ आश्विन २०७८, बिहीबार २०:४१

हेटौंडा । मकवानपुरको भीमफेदी बालमन्दिरका बालबालिकाहरुलाई पुस्तक र लाइबेरी व्याग सहयोग गरिएको छ । हेटौंडाको चौघडामा रहेको प्रज्वल गुठियारका सदस्य तथा प्याप्सन मकवानपुरका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ र उहाँकी दिदी शुसीला श्रेष्ठले भीमफेदी बालमन्दिरका बालबालिकालाई ५० थान पुस्तक सहयोग गर्नु भएको हो ।

शुसीला श्रेष्ठले बिहान चिया खाने रकमलाई जोहो गर्दै जम्मा गरेर बालमन्दिरलाई सहयोग गर्नुभयो । कक्षा छ सम्मका बालबालिकाले अध्ययन गर्न मिल्नेगरी कथा संग्रहका किताबहरु सहयोग गरिएको हो ।

प्याप्सन कोषाध्यक्ष श्रेष्ठले भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती रानालाई पुस्तक हस्तान्तरण गर्नु भएको थियो । उपाध्यक्ष रानाले भीमफेदी बाल मन्दिरलाई पुस्तक दिनुभयो । यसैगरी हिजो मनहरीमा रहको आमा घरमा समेत पिठो, चिनी, चियापत्ति चिसो पेय पदार्थ सहयोग गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*