ताप्लेजुङमा जीप दुर्घटना हुँदा १८ जना घाइते

जनपत्र
२८ आश्विन २०७८, बिहीबार १९:०३

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ बजारबाट सिरिजंघा गाउँपालिका तेल्लोक जाँदै गरेको जीप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

को १ ज २०५६ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका १८ जनामध्ये ९ गम्भीर छन् ।

दुर्घटनामा गर्भवतीसहित नौ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा सिरिजङ्घा गाउँपालिका ६ मामाङ्खेकी २५ वर्षीया विमला लिम्बू, मामाङ्खेकै ३० वर्षीय सन्त लिम्बू, २६ वर्षीया प्रमिला लिम्बू, २७ वर्षीय सञ्जीव लिम्बू रहेका छन् ।

यस्तै फुङ्लिङ नगरपालिका–४ का १४ वर्षीय अब्दुल अलि, ३१ वर्षीया नम्रता बस्नेत, ३८ वर्षीय चन्द्र बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत र सात वर्षीय रोशन बस्नेत गम्भीर घाइते भएका छन् ।  जीप चालक फुङ्लिङ नगरपालिका ८ का ३८ वर्षीय डिल्लीविक्रम सुनुवार सामान्य घाइते हुनुभएको छ ।

ब्रेक फेल भएर जीप दुर्घटना भएको हुन सक्ने बताइएको छ । घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

गम्भीर घाइतेहरूलाई जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*