भारतीय चलचित्र छायाङ्कन टाेलीले भरिभराउ खुम्बु क्षेत्र

जनपत्र
२८ आश्विन २०७८, बिहीबार १८:४७

साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्र भारतीय सिनेमा (बलिउड चलचित्र) छायाङ्कन टाेलीले भरिभराउ बनेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा ‘उंचाई’ नामक बलिउड चलचित्र छायाङ्कन भइरहेको छ ।

असोज २१ गतेदेखि खुम्बु क्षेत्रमा छायाङ्कन सुरु भएको यस चलचित्र असोज ३० गतेसम्म जारी रहने शुटिङ युनिटका गाइड तिलक राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार दृष्य छायाङ्कनका लागि एक सय ५० जना भारतीयसहित चार सय १७ जना सिनेकर्मीको टाेली एक हप्तादेखि खुम्बुमा रहेका छन् । भारतीय चर्चित कलाकार अनुपम खेर, अभिनेत्री परिणीति चाेपडासहित अभिनेता बाेमन इरानी, सारिका हसन लगायतका कलाकार खुम्बुमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*