रुवी खानलाई तत्काल रिहा गर्न सर्वाेच्च अदालतकाे आदेश

जनपत्र
२८ आश्विन २०७८, बिहीबार १७:५६

काठमाण्डाै – सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेकी महिला अधिकारकर्मी रुवी खानलाई तत्कालै रिहा गर्न आदेश दिएको छ ।

अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रुवी खानलाई तत्कालै रिहा गर्न र पुनः धरपकड र फक्राउ नगर्न आदेश दिएको हो ।

बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँनलाई काठमाण्डौबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्‍याएकाे थियो ।

रु​​वीले बाँकेको प्रहरी हिरासत र अस्पतालमा समेत आमरण अनशन सुरु गर्नुभएको थियो । उहाँलाई प्रहरीले बहुविवाहको मुद्दा लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*