सुनसान काठमाण्डाै

जनपत्र
२८ आश्विन २०७८, बिहीबार १६:१०

काठमाण्डाै – नेपालीहरूको महान् पर्व विजयादशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण सहरबाट गाउँ फर्किएसँगै काठमाण्डाै सुनसान भएको छ ।

बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाण्डाैका स्थानीयवासी घरबाहिर ननिस्किँदा काठमाण्डाै सुनसान भएको हो ।

सधैँजसो ट्राफिक जामले भरिने काठमाण्डाै उपत्यकाका सडक अहिले जनसङ्ख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँडडुल गर्ने मानिस र सवारी साधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरू प्रायः बन्द छन् ।

काठमाण्डाैमा मानिसहरूको खचाखच हुने न्युरोड, एनएसी, भद्रकाली लगायतका ठाउँमा पसलहरू बन्द रहेका छन् ।

दशैँमा हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा जाँच गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*