अफ्रिकामा १ अर्ब डलर लगानी गर्दै गुगल

जनपत्र
२८ आश्विन २०७८, बिहीबार १३:५२

काठमाडौं । दिग्गज सूचना प्रविधि कम्पनी गुगलले अफ्रिकी महादेशमा १ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ ।

अफ्रिकी जनतालाई तिव्र गतिको तथा सस्तो इन्टरनेट उपलब्ध गराउन र महादेशको डिजिटल रुपान्तरणका लागि प्रविधि कम्पनीहरुलाई सहयोग गर्नका लागि गुगलले ठूलो धनराशी खर्च गर्ने निर्णय गरेको हो ।

गुगलको मातृ कम्पनी अल्फाबेट इंकले एक भर्चुअल कार्यक्रम मार्फत् अफ्रिका इन्भेस्टमेन्ट फण्डको घोषणा गरेको छ । जसअनुसार गुगलले अफ्रिकामा स्टार्टअप कम्पनीहरुमा ५ करोड डलर आर्थिक सहयोग गर्नेछ जुन कोषमा कम्पनीका कर्मचारी, नेटवर्क र प्रविधिको पहुँच स्थापित हुनेछ ।

किभा नामक गैर नाफामूलक संस्थासँगको सहकार्यमा गुगलले घाना, केन्या, नाइजेरिया र दक्षिण अफ्रिकाका साना व्यवसायहरुलाई कम व्याजदरमा १ करोड डलर ऋण प्रदान गर्नेछ ।

साथै गुगलले गत वर्ष साफारिकम सँगको सहकार्यमा केन्यामा सञ्चालन गरेको किस्ताबन्दीमा फोर जी मोबाइलको बिल तिर्न सकिने कार्यक्रम अफ्रिकाका अन्य मुलुकहरुमा पनि विस्तार गर्ने निर्णय गरेको छ ।

गुगलले अफ्रिकामा सस्तो तथा तीव्र गतिको इन्टरनेट उपलब्ध गराउनका लागि अफ्रिका र युरोपलाई जोड्ने सामुद्रिक केबल बिछ्याउने कार्य अगाडि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*