मकवानपुरको मनहरीमा स्थानीयको सक्रियतामा खोला वारपार गर्न सहज
हेटौंडा । मकवानपुरको मनहरी–५ को दर्दरा बसन्तपुर र डिल्लिपुर जोड्न रापती खोलामा स्थानीय वासिन्दाहरुको सक्रियतामा हेम पाइप राखेर अस्थायी पुल निर्माण गरिएको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ र वडा नम्बर ५ जोड्ने अस्थायी पुल निर्माण सम्पन्न भएको हो । हेम पाइप राखेर पानी तलबाट बग्ने र माथीबाट सवारीका साधन सहजै रुपमा ओहोर दोहोर गर्नका लागि बनाइएको हो ।
चाडबाडको बेला स्थानीय वडाबासीलाई आवतजावतमा सहज बनाउनको लागि मनहरी ९ को रजैया र ५ नम्बर वडाको दर्दरा बसन्तपुर र डिल्लिपुर जोड्ने अस्थायी पुल स्थानीय अगुवा नेता रामप्रसाद कलाखेली, दिपेन्द्र अधिकारी र गोबिन्द सापकोटाको अगुवाईमा निर्माण भएको हो ।
५ नम्बर वडाबाट अस्थायी पुल निर्माणको लागि ३ लाख बजेट समेत छुट्याएको थियो । काम गर्दै जादा ६ वटा हिमपाइप अपुग भएपछी गाउपालिकाबाट थप २ लाख दिने बचन भएको निर्माण समितिका अध्यक्ष गोबिन्द सापकोटाले बताउनु भयो । दशैँपछि हामी गाउँपालिका संग सम्झौता गर्छौ । उहाँले भन्नुभयो ।
पुलमा हाल साना(मझौला सवारीसाधन मात्र आवतजावत गर्न सकिने अवस्था रहेको छ । पानीको बाहब घटेपछि सबै सवारीलाई सहज बनाउने तयारीमा रहेकोले मालबाहक सवारी तत्काल नगुडाउन समितिका अध्यक्ष सापकोटाले बताउनु भयो ।
अस्थायी पुल बनेपछि वडाबासीलाई दैनिक कार्यमा हिड्डुल गर्न लाभान्वित भएको छ । वडा संग जोड्ने दुइवाट झोलुङ्गे पुल भएपनि सानासवारी लिएर बाह्रै महिना हिड्न गाह्रो भएको अवस्थामा हिउदामा अस्थायी पुल र बर्षामा झोलुङ्गे पुलको सहारा लिनु परेको अवस्था रहेको छ ।