हेटौंडाको शिखरपानीमा पानीको समस्या हट्दै
हेटौंडा / बषौअघिदेखि खानेपानीको समस्या झेल्दै आएका हेटौंडा १५ शिखरपानीका वासिन्दाहरु अब यो समस्याबाट मुक्ति पाउने भएका छन् । खानेपानीको लागि घण्टौ सम्म हिड्नुपर्ने बाध्यता भोग्दै आएका यहाँका वासिन्दाको समस्या भने अब हट्ने भएको हो । शिखरपानीमा जमिनमुनीबाट पानी निकाल्नका लागि आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुभएको छ ।
उपमहानगरपालिकाको ३६ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको योजनाबाट यस क्षेत्रमा खानेपानीको समस्या हट्ने मेयर महतले बताउनुभयो । यस क्षेत्रमा जमिनमुनीबाट बोरिङ गरेर पानी निकाल्न लागिएको हो । हेटौंडामा पछि थपीएका वडामा सामान्य पूर्बाधार सडक निर्माण, बिजुली र पानीको सुबिधा पु¥याउनका लागि आफुहरु लागिपरेको मेयर महतले बताउनुभयो ।