हेटौंडामा धान काट्ने थ्रेसर पल्टँदा एक जनाको मृत्यु, तीन जना घाइते

जनपत्र
२७ आश्विन २०७८, बुधबार १७:४४

हेटौंडा । हेटौंडामा धान काट्ने थे्रसर पल्टदा एक जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ स्थित मास्टरचोकमा धान काट्ने थ्रेसर पल्टिदा यसमा सवार एक जानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनुभयो ।

पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको प्र ०२–०३–००१ त १०३ नम्बर को धान काट्ने थ्रेसर अनियंत्रित भई सडक छेउमा पल्टिएको हो । मेसिनमा सवार चार जना मध्ये तीन जना घाईते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*