कस्तो छ भारतीय स्ट्राइकरहरुको प्रदर्शन ?
काठमाडौं। माल्दिभ्समा जारी साफ च्याम्पियन्सिप २०२१ मा भारतले २७० मिनेटको खेलमा केवल दुई गोल गरेको छ ।
भारत विश्व फुटबलमा १०७ औं वरीयतामा रहेको मुलुक हो । अहिलेसम्म यो टोलीले बंगलादेश, श्रीलंका र नेपालसम्म खेलेको छ । बंगलादेश फिफा वरीयतामा १८९औं स्थानमा छ, श्रीलंका २०५ औं स्थानमा छ भने नेपाल १६७ औं स्थानमा छ । तीनै मुलुक वरीयतामा १५० स्थानभन्दा मुनि भए पनि भारतले सबैसँग गोल गर्न संघर्ष गरिरहेको छ ।
अझ महत्वपूर्ण के छ भने यो प्रतियोगितामा भारतको तर्फबाट भएका दुई गोल पनि टोलीका ३७ वर्षीय स्ट्राइकर सुनिल क्षेत्रीले गरेका हुन् । निलो बाघको रुपमा चिनिने भारत अहिले अहिले दाँत विनाको भएको छ र साफमै दबावको सामना गर्न बाध्य छ ।
बंगलादेश र श्रीलंकाविरुद्ध भारतको खेलमा नयाँपन र खेलाडीको कौशल देखिएन । यद्यपि नेपालविरुद्धकेही सुधारिएको प्रदर्शन भयो ।
भारतले सुरुमा राम्रो खेल्दै मौका सिर्जना गर्छ तर त्यसलाई नतिजामा परिणत गर्न सकिरहेको छैन। क्षेत्रीका लागि नेपालसँगको खेल निकै नराम्रो रह्यो । उनले नेपालविरुद्ध गोल गर्ने दुई सुन्दर मौका गुमाए । यद्यपि उनले आफूलाई सुधार गर्दै विजयी गोल गरे ।
मनवीर सिंहले पनि पूरा ९० मिनेटमा मैदानमा संघर्ष गरिरहेका थिए, तर रोहित चन्दले उनलाई अघि बढ्ने मौका दिएनन् । वास्तवमा भारतलाई गोलको निकै आवश्यकता परेको समयमा उनलाई मैदानबाट बाहिर निकालिएको थियो र उदान्त सिंहलाई उनको स्थानमा ल्याइएको थियो । तथ्यांक हेर्ने हो भने उनले २४ खेलमा अहिलेसम्म तीन पटक मात्र गोल गरेका छन् । उनको गोल अनुपात पनि ०.१२ छ ।
भारतको टोलीका अर्का खेलाडी फारुख चौधरीले नेपालको खेलमा सुनील क्षेत्रीको गोलमा पास उपलब्ध गराएका थिए । तर, उनको गोल अनुपात पनि ०.०७ मात्र छ । उनले पनि एक गोल मात्र गरेका छन् । उनले नेपालविरुद्धकै मैत्रीपूर्ण खेलमा गोल गरेका थिए ।
त्यसैले अहिले भारतको टोली गोलको लागि संघर्ष गरिरहेको छ भन्नु अत्युत्ति होइन । भारतका फरवार्डहरुले राम्रो प्रदर्शन गर्न सकेका छैनन् भने क्षेत्रीले माल्दिभ्सविरुद्ध कुनै जादु देखाउन सकेनन् भने भारतले यो टोलीविरुद्ध गोल गर्नु निकै कठिन छ ।
कोन्स्टान्टाइनको पालामा राम्रो थियो ?
बेलायती प्रशिक्षक स्टेफेन कोन्स्टान्टाइनको नेतृत्वमा भारतले ४३ खेल खेलेको थियो र यो क्रममा ७७ गोल गरेको थियो । कोन्स्टान्टाइनले सन् २०१९ मा भारतीय टोली छाडे ।
औसतमा उनको पालामा भारतले प्रत्येक खेलमा १.७९ गोल गरेको थियो । त्यतिबेलाको टोली अहिलेको तुलनामा बलियो थियो । यद्यपि बिर्सन नहुने पक्ष के हो भने त्यो बेला टोलीमा जेजे लेलपेख्लुआ थियो । उनी एक्लैले कोन्स्टान्टाइनको पालामा २४ गोल गरेका थिए ।
उनी घाइते भएपछि भारतले उनको स्थानमा गोल गर्ने खेलाडी पाउन सकेको छैन । त्यसैले भारतले गोल गर्न संघर्ष गरिरहेको छ ।
क्षेत्री र लेलपेख्लुआबाहेक भारतले अर्को महत्वपूर्ण खेलाडी भेट्टाएको छैन । उनीहरु बाहेक अन्य कुनै पनि खेलाडीले पाँच अन्तर्राष्ट्रिय गोल गर्न सकेका छैनन् । अर्को महत्वपूर्ण कुरा के हो भने यी खेलाडीले घरेलु लिगमा भने आफ्नो क्लबको लागि निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।