मुगु बस दुर्घटनामा ज्यान गुमाएका सबैकाे पहिचान खुल्याे

जनपत्र
२७ आश्विन २०७८, बुधबार १४:०७

मुगु – हिजाे मङ्गलवार मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैकाे पहिचान खुलेकाे छ । बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनाकै पहिचान खुलेकाे हाे ।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।

बसमा ४६ जना थिए । ब्रेक फेल भएर बस दुर्घटना भएको अनुमान गरिए पनि पुष्टि भएको छैन । घटनाको अनुसन्धान भइरहेको छ । दुर्घटना पछि मुगु जिल्ला शोकमा डुबेको छ ।

​सूचीसहित : 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*