त्रिशूली नदीमा बस खस्दा पाँच जनाको मृत्यु

जनपत्र
५ जेष्ठ २०७६, आईतवार १०:१८

धादिङ – धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ५ जनाको ज्यान गएको छ । एक जना महिला र चार जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये तीन जनाकाे पहिचान खुलेको छ । ज्यान गुमाउने काठमाण्डाै चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाण्डौ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य २ जनाको सनाखत भएको छैन ।

प्रहरीका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस बन्छेटारको घुम्तीबाट त्रिशूली नदीमा खसेको हो । घाइतेहरुको उपचारका लागि काठमाण्डाैलगायत अन्य अस्पताल पठाइएको छ । बसमा कतिजना सवार थिए भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीन्दाले उनीहरुको उद्धार गरेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमराज घिमिरेले जानाकारी दिनुभयाे । दुर्घटनाकाे कारण खुलेकाे छैन ।

उज्ज्ज्यालो अनलाईनबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*