गाउँ घरमा चहलपहल बढ्यो : सहर सुनसान बन्दै

जनपत्र
२७ आश्विन २०७८, बुधबार १३:३४

काठमाण्डाै – काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्कन थालेसँगै गाउँघरमा चहलपहल बढेको छ ।

गएको ११ गते अग्रिम टिकट बुकिङ सुरु भएदेखि नै दशैँ मनाउन घर फर्कनेहरु बढ्न थालेका हुन् । फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्त्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । त्यही भएर फूलपातीको दिनसम्म  बढी यात्रु बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ ।

विद्यार्थी, कर्मचारी, व्यापार व्यवसाय गरी बस्ने  तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर गाउँघर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको हो । घटस्थापनादेखि आज बिहान सात बजेसम्म काठमाण्डौ उपत्यकाबाट ११ लाख ५८ हजार सार्वजनिक गाडीमार्फत ७ लाख ९२ हजार २३ जना यात्रु बाहिरिएका छन् । १० लाख ८५ हजार सार्वजनिक गाडीमार्फत ५ लाख ८० जना  यात्रु काठमाण्डौ भित्रिएका महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका  प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव दास कर्णले बताउनुभयो ।

गएको वर्षको तुलनामा सहर, बजार सुनसान बनेको छ । गएको वर्ष कोरोना महामारीका कारण धेरैले धुमधामसँग दशैँ मनाउन पाएका थिएनन् । कोरोनाको जोखिमै भए पनि पोहोरको तुलनामा यसपालि चहलपहल बढेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*