भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मान्न बानियाँ र गाउँपालिकाको सहयोग

जनपत्र
२६ आश्विन २०७८, मंगलवार १८:२८

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मनाउन मकवानपुरका एक सांसद र गाउँपालिकाले सहयोग गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ र राक्सिराङ गाउँपालिकाले कारागारका कैदीबन्दीलाई दशैं मनाउन खसी र खाद्यान्न सहयोग गरेका हुन् । कारागारमा राक्सिराङ गाउँपालिकाका मात्रै ४१ जना रहेकाले पालिकाले आफ्नै खर्चमा दशैंमा खाद्यान्न लगायतका सामग्री वितरण गर्दै आएको छ ।

कारागारमा रहेकाहरुलाई प्रदेशसभा सदस्य बानियाँले व्यक्तिगत ६० हजार रुपैंया प्रदान गरेका थिए । सामाजिक एवं मानवीय भावनाको आधारमा कारागारमा रहेका कैदीबन्दीको दशैं सुखद बनाउन सहयोग गरेको बानियाँले बताए । दशैं सबैको पर्व भएको बताउँदै बानियाँले कारागारभित्रका कैदीबन्दीलाई प्राप्त सहयोगबाट उत्साहपूर्वक पर्व मनाउन उनले सुझाव दिए ।

जीउने आधार र विकल्प नभएर गाँजा खेती गर्नुपर्ने अवस्थाका व्यक्तिहरु जेलमा रहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । गाउँपालिका सबैको अभिभावक भएकाले पालिकाका बासिन्दाको केही व्यक्ति कारागारमा रहँदा दशैं खल्लो नहोस् भनेर केही राहत दिएको उनले बताए । कार्यक्रममा पालिका उपाध्यक्ष निर्मला हिम्डुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौला, नेताहरु रञ्जन कालाखेती, विदुर थापा लगायतको उपस्थिति रहेको थियो ।

भीमफेदी कारागारमा लागूऔषध मुद्दामा मकवानपुरको हेटौंडा उपमहानगरका ४४, राक्सिराङका ४१, कैलाशका १४, बकैयाका ३, भीमफेदीका ३, मनहरीका १६ र थाहानगरपालिकाका २ जना गरी १ सय २३ जनाले जेल जीवन बिताईरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*