काठमाण्डौ छाड्नेको भीड : छोटो र मध्यम दूरीमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता

जनपत्र
२६ आश्विन २०७८, मंगलवार ०९:०६

काठमाण्डाै – काठमाण्डौका मुख्य नाकामा गाडी चापमा चलिरहेका छन् ।

आजदेखि दशैँ बिदा सुरु भएकाले काठमाण्डौ उपत्यका छोड्ने यात्रुको सङ्ख्या आज धेरै हुन्छ । फुर्सद भएका र विद्यार्थीहरु यसअघि नै गाउँ घर फर्किए पनि काम विशेषले बसेका धेरैजसो आज र भोलि फर्किने गरेका छन् ।

अहिले कलङ्की, नयाँ बसपार्क, कोटेश्वर जडीबुटीलगायत ठाउँमा गाडीको चाप छ । द​शैँका बेला गाउँ घर जाने यात्रुले सधैँ सकसपूर्ण यात्रा गर्नु पर्ने अवस्था छ । मध्यम तथा छोटो दूरीका गाडीमा क्षमताभन्दा धेरै यात्रु चढाउने  गरिएकाले यात्रा यात्रा झन् कष्टकर बन्ने गरेको छ ।

यसपालि बेलैमा सडक मर्मत हुन नपाउँदा सास्ती झन् थपिएको छ । गएको २४ घण्टामा झण्डै ८३ हजार यात्रुले काठमाण्डौ छोडेका छन् । यो सङ्ख्या आज झन् बढ्ने छ । यस्तै गएको २४ घण्टामा २७ हजार यात्रु काठमाण्डौ भित्रिएका छन् ।

गएको ११ गतेदेखि अहिलेसम्म झण्डै सात लाख यात्रुले काठमाण्डौ छोडेका ट्राफिक प्रहरीको तथ्याङ्क छ । घटस्थापनादेखिको हिसाब गर्दा अहिलेसम्म ८ लाखभन्दा धेरै काटमाण्डौबाट बाहिरिएका यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*