बर्दियामा पाटे बाघले बेपत्ता बनाएकाे पुरुषकाे शव भेटियाे

जनपत्र
२६ आश्विन २०७८, मंगलवार ०९:०४

बर्दिया – बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव भेटिएकाे छ।

पाटे बाघले बेपत्ता बनाएकाे ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाकाे गोर क्षेत्रमा फेला परेको हो ।

हिजो दिउँसो गेरुवा गाउँपालिका-४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई बेपत्ता पारेको थियो ।

थारुलाई बाघले लगेलगत्तै बर्दिया निकुञ्जका चार वटा हात्तीसहितको टोलीले खोजी गरेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*