हेटौंडाको तीन वटा वडामा टोल स्तरिय फुटबल प्रतियोगिताको समापन

जनपत्र
२६ आश्विन २०७८, मंगलवार ०८:४४

हेटौंडा । हेटौंडाको तीन वटा वडामा टोल स्तरिय फुटबल प्रतियोगिताको समापन गरिएको छ । हेटौंडा–७, ८ र १४ मा टोल स्तरिय फुटबल प्रतियोगिताको समापन गरिएको हो ।

तीन वटै कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो । हेटौंडा–८ कमानेमा अन्तर टोल स्तरिय फुटबल प्रतियोगिता  समापन गरिएको छ ।

मदनभण्डारी स्पोर्टस एकेडेमीको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी उपमहानगरपालिकाका महतले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने वताउनुभयो ।

यसैगरी हेटौंडा–७ नागश्वतीमा टोल स्तरिय फुटबल प्रतियोगिताको समापन गरिएको छ । कार्यक्रममा बोल्दै मेयर महतले खेल क्षेत्रको लागि स्थानीय सरकारले हरेक तवरबाट सहयोग गरिएको वताउनुभयो ।

यसैगरी हेटौंडा–१४ मा पनि आजै टोल स्तरिय फुटबल प्रतियोगिताको समापन गरिएको छ । कार्यक्रममा बोल्दै मेयर महतले हेटौंडामा पछी थपीएका वडाहरुमा पनि खेल क्षेत्रको विकासका लागि आफु लागिपरेको वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*