मोतीपुरमा आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको हो : सिडिओ तिवारी
![](https://www.janapatra.com/wp-content/uploads/2021/10/rupandehi_20211011142330.jpg)
रुपन्देहीको मोतीपुरमा स्थानीय सुकुम्बासी र प्रहरीबीच झडप हुँदा आत्मरक्षाका लागि गोली चलाएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। सोमबार जिल्ला प्रशासनद्वारा आयोजित पत्रकार सम्मेलनमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० ऋषिराम तिवारीले द्विपक्षीय झडप हुँदा प्रहरीले जर्बजस्ती आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताए ।
उनले भने, ‘सुरक्षाकर्मीले गोली चलाउनुअघि संयमता अपनाएको, लाठी चार्ज, अश्रुग्याँस प्रहार गरेको हो तर, प्रर्दशनकारीले ढुंगामुढाले आक्रमण गर्दै उत्तेजित भएर पेट्रोलबम प्रहार गर्न थालेपछि अन्तिम अवस्थामा आत्मरक्षाका लागि गोली चलाउनु परेको हो।’
सिडिओ तिवारीले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने जिम्मा स्थानीय प्रशासनको भएकाले झडपमा तर्साएर त्यसको रक्षा गर्न जिम्मेवारी ठानेको बताएका छन् । आइतबार मोतीपुरमा सुकुम्बासी र प्रहरीबीच झडप जग्गा अतिक्रमणको विषयमा झडप भएको थियो । झडप हुँदा ४ जनाकाले ज्यान गुमाएका छन् भने एक जनाको सनाखत हुन बाँकी छ।
मृत्यु हुनेहरुमा पश्चिम नवलपरासी अरुणखोलाका युजल कुमाल, रुपन्देही शुद्धोधन गा।पा। ५ का विरेन्द्र कुर्मी र कपिलवस्तु वाणगंगा १० का रमेश परियार रहेका छन् । आइतबारको झडपमा नेपाल प्रहरीका ३३ जना, सशस्त्र प्रहरीका २१ जना र प्रर्दशनकारीका १८ जना गरि कुल ७२ जना घाइते भएका थिए ।