स्वास्थ्यमन्त्री बिरोध खतिवडाद्वारा हेटौंडा अस्पतालको अवलोकन

जनपत्र
२५ आश्विन २०७८, सोमबार १८:१८

हेटौंडा । स्वास्थ्य मन्त्री बिरोध खतिवडाले आज हेटौंडा अस्पतालको अवलोकन गर्नु भएको छ । मकवानपुरको सरकारी अस्पताल हेटौंडा अस्पतालको उहाँले अवलोकन गर्नु भएको हो । सोमबार मन्त्री खतिवडाले हेटौंडा अस्पतालको आइसियू कक्ष, कोभिड–१९ वार्डको समेत स्थलगत निरीक्षण गर्नु भयो ।

मन्त्री खतिवडालाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा राचन्द्र सापकोटाले अस्पतालको बारेमा जानकारी गराउनु भएको थियो । अस्पतालको सुधारका लागि आफुले सहयोग गर्न तयार रहेको उहाँले वताउनुभयो । अर्को कार्यक्रममा मन्त्री खतिवडाले विगतको पार्टीमा जनताले विश्वास गरेर निर्वाचित गर्दा पनि ठूला भन्नेहरुले पेल्ने र ठेल्ने काम गरेको बताउनुभयो ।

पेल्ने र ठेल्नेको चंगुलबाट उम्किएर नयाँ यात्रा सुरु गर्दा प्रधानमन्त्री र पार्टी अध्यक्षले विश्वास गरेर जिम्मेवारी दिएको भन्दै उहाँले भन्नुभयो, ‘ठेल्दै पेल्दै गयो भने कहिलेकाहीँ फड्को मार्नुपर्ने हुँदोरहेछ । अहिलेको क्याबिनेटको मर्यादाक्रममा छैटौं नम्बरमा राखेर आयो । पुरानो ऋण ब्याज सबै सकियो ।’

स्वास्थ्यमन्त्री खतिवडाले जनताको मत र पार्टीको निर्देशनलाई आत्मसाथ गरेर काम गर्ने बताउनुभयो । अहिलेको प्राथमिकता कोरोना संक्रमण नियन्त्रण भएको भन्दै उहाँले नेपाललाई चाहिने २ करोड डोज खोप ल्याउन पहल गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*