दशै, तिहार, नेपाल सम्वत र छटपर्बका अवसरमा मुख्यमन्त्री शाक्यको चियापान
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आयोजनामा नेपालीहरुको महानपर्ब दशै, तिहार, नेपाल सम्वत र छट पर्बका अवसरमा चियापना तथा शुभकामना आदान प्रदान गरिएको छ ।
प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कार्यक्रममा सहभागिहरुलाई शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादब चन्द्र शर्मा, प्रदेशका मन्त्रीहरु, सचिबहरु, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कर्मचारीहरु, बिभीन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु लगायतकाको सहभागिता रहेको थियो ।