खाद्यद्वारा हिजाे एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री

जनपत्र
२५ आश्विन २०७८, सोमबार ०८:४४

काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हिजो एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री गरेको छ ।

कम्पनीको थापाथलीमा रहेको प्रधान कार्यालयबाट हिजो एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो अबेरसम्म  खसीबोका बिक्री गरेको खाद्यले अहिले बिहान ८ बजेदेखि फेरि बिक्री सुरु गर्दैछ ।

खसीबोका किन्न खाद्य कम्पनीको कार्यालय परिसरमा उपभोक्ताको भीड छ । खाद्यले प्रतिकिलो ६ सय ४० रुपैयाँमा खसीबोका बेचिरहेको छ । यसपालि खसीकोको मूल्य किलोमा ६ सय ५० रुपैयाँ तोकिएको थियो । यसमा १० रुपैयाँ छुट दिएर खाद्यले ६ सय ४० रुपैयाँमा बिक्री थालेको हो ।

गएको वर्ष खाद्यले ५ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । यस्तै, सरकारी संस्थानसँगै निजी व्यवसायीले सञ्चालन गरेका खसी बजारमा पनि खसीबोका किन्ने उपभोक्ताको भीड लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*