हेटौंडाका बैकका एटिएम दिउसै वन्द, उपभोक्ता समस्यामा

केही बैकहरुले एटिएम बन्द गरेर त्यही पैसाले काउन्टर चलाउने गरेका छन् । एटिएम खुलेका बैकमा लाइनमा बस्नुपर्ने उपभोक्ताको बाध्यता ।
जनपत्र
२५ आश्विन २०७८, सोमबार ०७:३७

हेटौंडा । हेटौंडा बजार क्षेत्रमा रहेका एक दर्जन बैकका एटिएम बिभीन्न बहानामा दिउसो र राती समेत वन्द गरिने गरिएको छ । दशैको समयमा आम उपभोक्ताहरुको चाप बढीरहेको समयममा हेटौंडा बजार क्षेत्रका एटिएम बन्द हुने गरेका हुन् । कतै बिग्रीएको बहाना गर्ने त कतै पैसा जम्मा गर्न भ्याएको छैन भनेर एटिएम सेवा दिन बैकहरु चुकेका हुन् ।

धेरैजसो बैकका एटिएम बन्द हुँदा अरु खुलेका बैकहरुमा एटिएमबाट रकम निकाल्न समेत आम नागरिकहरु लाइनमा बस्नुपर्ने बाध्यता भोग्दे आएका छन् । रातको समयमा धेरै बैकले सुरक्षा नभएको बहानामा एटिएम सेवा वन्द गर्ने गरेका छन् । नेपाल बैकरसंघ मकवानपुरका अध्यक्ष रमेश प्याकुरेलले भने केही बैकहरुले एटिएम सेवा बन्द भएको भन्ने जनगुनासो आएको वताउनुभयो । सबै बैकले एटिएम सेवा २४ सै घण्टा दिनुपर्ने तर, बिभीन्न बहानामा नदिएको आफुलाई जानकारी प्राप्त भएको वताउनुभयो ।

केही बैकले एटिएममा दिनमा ९० लाख रुपैयाँ सम्म राखेर ग्राहकलाई सेवा दिइरेका छन् भने केही बैकले एटिएममा पैसा राख्न छोडेर त्यही रकमले दिउसोको समयमा बैकमा काउन्टर चलाउने गरेका छन् । हेटौंडाका केही बैकले दशैको समयमा पाँच लाख रुपैयाँको समेत चेक साट्न आनाकानी गरिरहेका छन् । एटिएम बन्द गरेको बिषयमा आफुलाई जानकारी आएकाले अब बैकहरुलाई बोलाएर २४ सै घण्टा एटिएम खोल्न लगाउने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले वताउनुभयो । कुनैपनि बैकले बिभीन्न बहानामा एटिएम सेवा वन्द गर्न नहुने वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*