हेटौंडाबाट १ सय २० केजी गाँजा सहित २ जना पक्राउ

जनपत्र
४ जेष्ठ २०७६, शनिबार १६:५३

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा ११ नवलपुरबाट ठुलो परिणमको लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कुखुराको दाना लोड गरिएको ट्रकमा १ सय २० केजीे लागूऔषध गाँजा फेला पारेको हो ।

प्रहरीले ट्रक धनी मकवानपुर राक्सिराङ्गका २८ बर्षिय सुकुलाल थिंग र ट्रकमै सवार अर्का स्थायी घर राक्सिराङ्ग नै भई हाल चितवन बस्ने ३१ बर्षिय नमराज दर्जीलाई पक्राउ गरेको छ । उनीहरुको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

प्रहरीले आज बिहानै साढे २ बजे हेटौंडा उपमहानगरपालिका ११ नवलपुर स्थित सडकखण्डबाट दाना बोकेको ट्रक जाँच गर्दा १ सय २० किलो गाँजा फेला परेको हो । गाँजा फेला परेपछि प्रहरीले चालकलाई गाँजा सहित नियन्त्रणमा लिएको थियो ।

प्रदेश ३ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नवलपुर स्थित सडकखण्डमा ट्रक जाँच गर्नेक्रममा चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ना ३ ख ३७१५ नम्बरको ट्रकभित्र विजय पलेट दानाको बोरामुनि लुकाएर ल्याएको ११ पोका गाँजा फेला पारेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*