बागमतीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने

जनपत्र
२४ आश्विन २०७८, आईतवार १५:४०

मकवानपुर — वाग्मती प्रदेशमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रयास गर्ने भएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले वाग्मती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्नका लागि पार्टीको केन्द्रीय तहसँग छलफल अगाडि बढाउने र विपक्षी गठबन्धनमा रहेको दलसँग सहकार्यका लागि प्रयास गर्ने निर्णय गरेको छ ।

कांग्रेस सचेतक छिरिङदोर्जे लामाका अनुसार पार्टीको केन्द्रीय तह र विपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग समन्वय र छलफल गर्ने जिम्मेवारी कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई प्रदान गरिएको छ । कांग्रेस संसदीय दलका नेता बानियाँ लामो समयदेखि मुख्यमन्त्रीको रुपमा प्रधानमन्त्री देउवासँग लबिङ गरिरहेका थिए ।

‘वाग्मतीमा मुख्यमन्त्री हामीले प्राप्त गर्नुपर्छ भनेर हामी अझै लबिङ गरिरहेका छौं । हामी पुनस् पार्टी सभापतिलाई आग्रह गर्छौं’, कांग्रेस सचेतक लामाले भने, ‘हामी प्रदेश सरकार स्थापना भएदेखि नै प्रतिपक्षमा रहेका छौं । त्यसकारण पनि सरकारको नेतृत्व हामीले गर्न पाउनुपर्छ भन्ने हो ।’ वाग्मतीमा माओवादीले मुख्यमन्त्री दाबी नगरेको अवस्थामा कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने उनको तर्क रहेको छ ।

वाग्मती प्रदेशमा गठबन्धनबाट नयाँ मुख्यमन्त्रीको रुपमा नेकपा ९एस० संसदीय दलको नेता राजेन्द्र पाण्डेलाई अगाडि बढाउने तयारी भइरहेको अवस्थामा कांग्रेस असन्तुष्ट देखिएको हो । वाग्मती प्रदेशसभाको नवौं अधिवेशन आइतबार दिउँसो ३ बजेबाट सुरु हुँदैछ । अल्पमतमा परिसकेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरिरहेको अवस्थामा नयाँ सरकार गठनको तयारीमा रहेका विपक्षी गठबन्धनमा विवाद देखिएको हो । वाग्मती प्रदेशमा कांग्रेसको २२ मत रहेको छ । इकान्तिपुरबाट ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*