पहिलो पटक टी–२० विश्व कपमा ‘डीआरएस’ को प्रयोग हुने

जनपत्र
२४ आश्विन २०७८, आईतवार १५:२०

काठमाण्डौ – आईसीसी पुरुष टी–२० विश्व कप प्रतियोगितामा पहिलो पटक निर्णय समीक्षा प्रणाली (डीआरएस) को प्रयोग हुने भएको छ । आईसीसीको बोर्ड बैठकले डीआरएस प्रयोग हुने घोषणा गरेको क्रिकइन्फो वेबसाइटले जनाएको छ ।

अक्टोबर १७ अर्थात् आउँदो आइतवारदेखि यूएई र ओमानमा हुने टी–२० विश्व कपका हरेक टिमले एउटा खेलमा दुई वटा डीआरएस लिन पाउनेछन् । कोरोना महामारीका कारण कम अनुभवी अम्पायरले पनि खेल खेलाउन सक्ने सम्भावनालाई मध्यनजर गरेर डीआरएस प्रणाली प्रयोगमा ल्याइएको आईसीसीले जनाएको छ ।

यस्तै आईसीसीले ढिलो र वर्षाले स्थगित हुने खेलका लागि ओभरको न्यूनतम सङ्ख्या बढाउने निर्णय गरेको छ । टी–२० विश्व कपको समूह चरणमा हरेक टोलीले न्यूनतम पाँच ओभरको ब्याटिङ गरेमा नतिजा डकवर्थ लुइस (डीएलएस) प्रणालिबाट तय गरिनेछ । तर सेमिफाइनल र फाइनलमा डीएलएसका लागि हरेक टोलीले कम्तीमा १० ओभर ब्याटिङ गर्नुपर्नेछ  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*