रुकुम पश्चिम : जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

जनपत्र
२४ आश्विन २०७८, आईतवार १३:५४

रुकुम पश्चिम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ अर्मामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जीप दुर्घटनामा परेर सानीभेरी गाउँपालिका वडा नम्बर ९ का ३१ वर्षीय जीवन भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

ग १ ज ४४५४ नम्बरको जीप सडकबाट १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । भण्डारीको घटनास्थलमै ज्यान गएको र अन्य दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

घाइते हुनेमा सानीभेरी गाउँपालिका-३ का १९ वर्षीय समीर परियार र वडानम्बर १० का २९ वर्षीय तिलक खड्का रहेका छन् । उनीहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।

यात्रु छाडेर फर्किने क्रममा जीप दुर्घटना भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*