उद्योग मन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत

जनपत्र
२४ आश्विन २०७८, आईतवार १२:२८

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत भएको छ ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अघि बिहान राजीनामा बुझाउनु भएको थियो ।

उहाँको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गर्नु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । राजीनामा पछि हमालले आफूले कसैको दबाब र आग्रहमा नभइ स्वविवेकले राजीनामा दिएको उज्यालोलाई बताउनु भएको थियो ।

उहाँको नियुक्ति लगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ‘कोटा’ मा मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भइरहेको थियो ।  उहाँले अस्ति शुक्रवार मात्रै पदभार ग्रहण गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*