हेटौंडा-११ मा ४३५ जना एमालेमा प्रवेश

जनपत्र
२३ आश्विन २०७८, शनिबार १९:३९

हेटौंडा । हेटौंडा ११ मा विभिन्न पार्टी परित्याग गरी ४३५ जना एमालेमा प्रवेस गरेका छन् । नव प्रबेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एबम बागमती प्रदेश्का सहइन्चार्ज तथा बागमती प्रदेशका निबर्तनान मुख्यमन्त्री डोरमणी पौडेलले टीका तथा खादा लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा राप्रपा निकट युवा समुहका अध्यक्ष निर्मल बिडारी, २०६४ सालमा परिवार दलबाट संविधान सभा सदस्यका उम्मेद्बार रमेश बर्तौला, नेपाली काङ्ग्रेसका तरुण दलका बिकास नेपाली सहित, माओवादी तथा अन्य पार्टी बाट एमालेमा प्रवेस गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेता पौडेलले एमालेको सरकार रास्ट्रीयताको सवालमा सधै अग्रपंक्तिमा रहने बताउनुभयो । पार्टी फुटाएर अर्को पार्टी खोलेर एमाले सिध्याउन लागि परेपनि एमाले सदैव बलियो रहने बताउनुभयो । आफ्नो पार्टीलाई घात गर्नेहरुलाई जनताले चिन्नु पर्ने बताउनुभयो । पार्टीलाई सिध्याउन काङ्ग्रेसलाई भोट हाल्ने एमालेको मत बेच्नेलाई बेलैमा चिन्न जरुरी छ ।

जनताको सरकार भनेको एमालेको सरकार मात्र रहेको उहाले बताउनुभयो । जनताको आधारभुत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर एमाले सरकारले काम गरेको बताउनुभयो । एमाले प्रतिको माया सत्तामा हुँदा वा नहुदा जनता माझ उत्तिकै लोकप्रिय रहेको स्पष्ट पर्नुभयो । पार्टी फुटाउनेहरु लोभ देखाउदै आउने सक्ने भन्दै त्यस्तालाई बेलैमा चिन्न समेत उहाँले आग्रह गर्नुभयो ।

नेता पौडेलले भुमिहिनलाई बर्तमान सरकारले आघात पुर्याएको बताउनुभयो । लालपुर्जा बितरण हुन थोरै समयमात्र बाकी रहेको समयमा भुमि सम्बन्धि समस्या समाधान आयोग खारेज गरेर अहिलेको गठबन्धन सरकारले भुमिहिन सुकुम्बासी प्रती गरेको व्यबहार प्रती उहाँले खेद प्रकट गर्नुभयो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सचीव एकालाल श्रेष्ठ, उपसचिव लालबहादुर थापा, जिल्ला सचिवालय सदस्य एबम अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, युवा संघ स्थायी कमिटी सदस्य सन्तोष चौलागाईं, केन्द्रिय सदस्य तिर्थ रोक्का, हेटौंडा नगर अध्यक्ष राजेश नगरकोटी, ११ नम्बर वडाध्यक्ष गोकर्ण पराजुली, एमाले जिल्ला सदस्य दिपक सिवाकोटी, नगर अध्यक्ष शालिकराम पुडासैनी लगायत सहभागी हुनुहुन्थ्यो ।

युवा संघ वडाध्यक्षमा बिडारी

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको हेटौंडा ११ को अध्यक्षमा निर्मल बिडारी चयन भएका छन् । बिडारीको अध्यतामा ५१ सदस्यीय कमिटी चयन गरिएको हो ।

जसको उपाध्यक्षमा रमेश बर्तौला, देबेन्द्र राई, रमानाथ पुडासैनी, रबि मिश्र, अजय पाख्रीन ररबिन्द्र कुमार रुम्बा चयन भएका छन् । त्यस्तै सचिबमा आशिष, बिडारी, कोषाध्यक्षमा सुमन लामा, सहसचिवमा सुदर्शन भुजेल चयन भएका हुन् । नव निर्वाचित कमिटीलाई युवा संघ नेपालका स्थायी कमिटी सदस्य सन्तोष चौलागाईंले सपथ ग्रहण गराउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*