प्याप्सन हेटौंडा उपमहानगरपालिकाको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशन

जनपत्र
२३ आश्विन २०७८, शनिबार १९:१४

हेटौंडा । निजी तथा आवाशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) हेटौंडा उपमहानगरपालिकाको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशन आज हेटौंडामा भएको छ ।

अधिवेशनले रामकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा अरविन्द्र कुमार झा, सचिबमा श्याम कुमार बानियाँ, कोषाध्यक्षमा अरुण पराजुली र सदस्यहरुमा गौरी चिमरिया, विजय तामाङ, प्रतिमा डंगोल, सुदिपराज गिरी र बिश्व नारायण श्रेष्ठ चयन हुनु भएको छ ।

कार्यक्रम प्याप्न नगरकमिटिका निवर्तमान अध्यक्ष राजकुमार नहर्कीको अध्यक्षता तथा प्याप्सनका केन्द्रीय कोषाध्यक्ष ग्रेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्याप्सनका केन्द्रीय सल्लाहकार आशीस श्रेष्ठ, केन्द्रीय सदस्य मदन कुमार दाहाल, मकवानपुरका कार्यबाहक अध्यक्ष बिनोद सुवेदी लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*