गञ्जला पास सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरियो

जनपत्र
२३ आश्विन २०७८, शनिबार १३:२७

unn.prixa.net

रसुवा – २०७२ सालको भूकम्पपछि बन्द भएको गञ्जला पास फेरि सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । भूकम्प जानुअगाडि लाङटाङ गएका पर्यटकमध्ये थोरै पर्यटकले गञ्जला पास गर्ने गरेका थिए ।

रसुवाको पर्यटकीय क्षेत्र क्याञ्जिन हुँदै सिन्धुपाल्चोकको हेलम्बु जाने ‘गञ्जला पास’ पार गर्नका लागि निकै कठिन छ । यो पास पूरा गर्न दिन दिन लाग्छ । गञ्जला पास गर्न चाहाने पर्यटकले तीन दिनका लागि खाने तथा बस्ने व्यवस्था आफैँले गर्नुपर्ने हुन्छ ।

भूकम्पले विभिन्न क्षेत्रमा पहिरो गएका कारण बाटो नहुँदा गञ्जला पास गर्न समस्या हुँदै आएको छ । गञ्जला पास ५ हजार २ सय मिटर उचाइमा पर्छ । गञ्जला पास गर्न सहज बनाउनका लागि वाग्मती प्रदेशमा रहेको पर्यटन विकास आयोजनाले एक वर्ष अघिदेखि प्रक्रिया अघि बढाएको थियो ।

कोभिड–१९ का कारण गएकाे आर्थिक वर्ष २०७७/७८ मा काम गर्न कठिन भएको थियो । केही समयअघि गञ्जला पास सञ्चालन तथा विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । परामर्शदाता श्रेष्ठ – गौमुखी इञ्जिनियरिङ सर्भिसेज प्रालि (जीईएस) – स्ट्रेन्थ (जेभी) ले तयार पारेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*