लखीमपुर हत्याकाण्ड : केन्द्रीय मन्त्रीका छोरा आशिष प्रहरी समक्ष उपस्थित

जनपत्र
२३ आश्विन २०७८, शनिबार १३:१९

काठमाण्डाै – भारतका लखीमपुर हत्याकाण्डको अनुसन्धानका लागि केन्द्रीय गृह राज्य मन्त्री अजय मिश्राका छोरा आशिष प्रहरी कार्यालयमा उपस्थित भएका छन्।

किसानको र्यालीमाथि गाडी चढाएर चार जनाको हत्या गरेको आरोप लागेका आशिष आज बिहान उत्तर प्रदेश अपराध शाखामा उपस्थित भएका समाचार संस्था एएनआईले जनाएको छ । उनले घटनाको बारेमा स्पष्ट र चित्तबुझ्दो जवाफ नदिएमा गिरफ्तार गर्न सकिने प्रहरीले जनाएको छ।

गएको आइतवार लखीमपुरको सडकमा किसानले आन्दोलन गरिरहेको बेलामा केन्द्रीय मन्त्री अजय मिश्राका छोरा आशिषले गाडी हुँइक्याउँदा चार जना किसानको ज्यान गएको थियो भने त्यसपछि भड्किएको हिंसामा थप चार जना मारिएका थिए ।

घटनापछि किसानले मन्त्रीका छोरा आशिषसहित सात जनालाई दोषी बनाएर प्रहरीमा निवेदन दिएका छन् । मन्त्रीका छोरा प्रहरीमा उपस्थित भएपछि लखीमपुरको खिरी क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*