११ दिनमा चार लाख २२ हजार जनाले काठमाण्डौ छाडे

जनपत्र
२३ आश्विन २०७८, शनिबार १३:१६

काठमाण्डाै – दशैँ मनाउनका लागि अहिलेसम्म काठमाण्डौ उपत्यकाबाट ४ लाख २२ हजार जना यात्रु बाहिरिएका छन् ।

गएको असोज ११ गतेदेखि आज बिहान १० बजेसम्म  ६७ हजार १ सय १२ वटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाण्डौ छोडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिनुभयो ।

गएको असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु भएसँगै दशैँ मनाउन घर फर्कनेको सङ्ख्या बढिरहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*