नागढुङ्गाबाट धादिङको सिस्नेखोलासम्मको यात्रा कठिन बन्दै

जनपत्र
२३ आश्विन २०७८, शनिबार ०९:३०

काठमाण्डाै – काठमाण्डौको नागढुङ्गाबाट धादिङको सिस्नेखोलासम्मको यात्रा कठिन बन्दै गएको छ।

सुरुङ निर्माणको काम भइरहेको तथा साँघुरो बाटो र गाडीको चाप धेरै हुने भएकाले यो क्षेत्रमा घण्टाैँ जाम हुने गरेको खानीखोला प्रहरीले जनाएको छ । घण्टौँसम्म जाम हुँदा  दशैँका लागि घर फर्कनेहरु बढी समस्यामा परेका छन् ।

यो सडक खण्डमा सामान्य पानी पर्दा समेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि ठूला गाडीको धेरै ओहोरदोहोर हुने भएकाले जाम हुने गरेको छ ।

त्यसमाथि अहिले दशैँको बेला भएकाले गाडीको चप धेरै भएको, बाटो साँघुरो भएको र सुरुङ निर्माणको कामसमेत सँगै भइरहेकाले झनै समस्या भएको हो ।

यसअघि यो सडक खण्डलाई फराकिलो पारिए पनि बर्खाको समयमा ठाउँठाउँमा पहिरो गएकाले सडक फेरि साँघुरिएको छ । यसले गर्दा यात्रुलाई एक घण्टाको यात्रा गर्न निकै लामो समय लाग्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*