वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरको एक घर एक विरुवा अभियान

जनपत्र
२३ आश्विन २०७८, शनिबार ०८:०३

हेटौंडा । वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरले वृन्दावन वनस्पति उद्यान क्षेत्रका ५ वटा टोल विकास संस्थाहरुसँग समन्वयात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी, दिपावली, नेपाल संवत एवं छठ पर्वको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा स्थानीय टोलबासीहरुमा वानस्पतिक प्रवर्द्धनका लागि एक घर एक विरुवा अभियान को समेत शुभारम्भ गरिएको छ ।

वनस्पति अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

यस सन्दर्भमा विजया दशमी, दिपावली, नेपाल संवत एवं छठ पर्वको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान हुनुका साथै मेयर महतबाट सेरेमोनियल प्लटमा अमलाको विरुवा रोपण, वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरबाट प्रकाशित जडीबुटी तथा सुगन्धित वनस्पति र मकवानपुरमा जडीबुटीको बजार अवस्था विषयक दुई पुस्तकहरुको विमोचन र स्थानीय टोलबासीहरुमा एक घर एक विरुवा कार्यक्रमको शुभारम्भ भएको छ ।

उहाँले वनस्पति तथा जडीबुटीहरुको महत्व अत्याधिक रहेकोले यसको प्रवर्धनको लागि आवश्यक स्रोत साधनको प्रवन्ध गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ । अनुसन्धान केन्द्रका प्रमुख पराजुलीका अनुसार वनस्पति अनुसन्धान केन्द्रले वनस्पति उद्यानहरुको प्रवर्धनका गतिविधिहरुबाट प्रभावित भइ हाल अमेरिकामा बस्दै आउनु भएका नेपाली डा उमेश यादवले स्वच्छ तथा हरित समुदायमा टेवा पुगोस् भनेर स्वत स्फूर्तरुपमा उपलब्ध गराएको सहयोगबाट यस कार्यक्रम व्यवस्थापन गरिएको बताउनुभयो ।

कार्यक्रममा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमूख विष्णु कुमारी लामिछाने, वडा नं १२ का वडाध्यक्ष ललित घलान, वडा नं १३ का वडाध्यक्ष मनोज वाइवा, पदमपोखरी प्रहरी चौकीका इन्चार्ज, टोल विकास समितिका पदाधिकारी तथा स्थानीयबासीहरु गरी जम्मा ५१ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रम वैज्ञानिक अधिकृत चन्द्रकला ठाकुरले सञ्चालन गर्नुभएको थियो । यसै अनुरुप एक घर एक विरुवा अभियान अगाडि बढाइएको वताउनुभयो । काम गर्न सकियो भने यसको सकारात्मक प्रेरणा स्थानीय स्तरमा, राष्टिय स्तरमा मात्र अन्तराष्टिय स्तरमा समेत पर्ने रहेछ । यसबाट हामी थप उत्साहित भइरहेका छौं । प्रदेश तथा स्थानीय सरकारहरुसँग सकेसम्म बढी समन्वय गरिरहेका छौं । वानस्पतिक चेतना सबैतिर फैलियोस् र वनस्पति उद्यानहरुप्रति स्थानीयहरुको अपनत्व बढी भन्दा बढी रहिरहोस् भन्नेमा जोड दिइरहेको पराजुलीले बताउनुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*