राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, मन्त्रीहरूको शपथको तयारी

जनपत्र
२२ आश्विन २०७८, शुक्रबार १४:४८

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज शुक्रवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नुभएको हो ।

आजै बेलुकासम्म मन्त्रीहरूको शपथ ग्रहणको तयारी छ । कांग्रेस सभापति देउवाले आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादीले पाँच, जसपा र एकीकृत समाजवादीले चार/चार मन्त्री पाउने छन् ।

अहिलेसम्म कांग्रेसबाहेक सबैले मन्त्रीको टुङ्गो लगाइसकेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*