काठमाण्डौ महानगरमा दशैँलक्षित खोप कार्यक्रम आजदेखि

जनपत्र
२२ आश्विन २०७८, शुक्रबार ११:५६

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा आजदेखि दशैँलक्षित कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन भएकाे छ ।

यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट आउने सोमवारसम्म १८ वर्षमाथिका सबै नागरिकलाई लक्षित गर्दै भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गरेकाे हाे ।

खोप लगाउन जाँदा जनस्वास्थ्यको मापदण्डको पालना अनिवार्य गर्नुपर्ने छ ।

खोप लगाउनका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाको आग्रह छ । खोप कार्यक्रम बिहान १० बजेदेखि  दिउँसो ४ बजेसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*