संस्कृति र परमपरा सबैको साझा पर्ब हो–मुख्यमन्त्री शाक्य
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सस्कृति र परमपरा सबैको साझा पर्ब रहेको वताउनु भएको छ । नेकपा एमाले मकवानपुरको आयोजनामा बिजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छट पर्वका अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दे उहाँले आउँदै गरेका चाडपर्ब राष्ट्रिय पर्ब रहेको वताउनुभयो ।
हाम्रा संस्कृतिका धरोहरहरुलाई बलियो वनाउनुपर्ने उहाँले वताउनुभयो । विभेदरहित नेपाल निर्माणमा लाग्नका लागि उहाँले आग्रह गर्नुभयो । संस्कृति र परमपरा भनेको कुनै समुदायले भन्दा पनि सबैले साझा पर्वको रुपमा मनाउनुपर्ने वताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, मकवानपुरबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, बिभीन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो । एमाले मकवानपुरका अध्यक्ष बद्री लंसालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।