पत्रकारको संस्थागत हितका निम्ति स्थानीय सरकारले सहयोग गर्छ–मेयर महत

जनपत्र
२२ आश्विन २०७८, शुक्रबार ०९:३२

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले मकवानपुरका पत्रकारको संस्थागत बिकाशका लागि स्थानीय सरकारले सहयोग गर्ने वताउनु भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर साखाको आयोजनामा बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छटपर्बको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पत्रकारको क्षमता बिकासका लागि सहयोग गरिने वताउनुभयो ।

मकवानपुरका एक सय ६४ जना पत्रकारको पाँच लाख रुपैयाँका दरले दुर्घटना बिमा गर्नका लागि कार्यपालिकाबाट निर्णय गरिसकिएको र पत्रकार पेन्सन कोषमा पनि दश लाख रुपैयाँ सहयोग गर्ने निर्णय भइसकेको उहाँले वताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु नबराज शर्मा, कौषल पाण्डे, प्रताप विष्ठ, राममणि दाहाल, भानुभक्त आचार्य, निवर्तमान अध्यक्ष हरि हुमागाई लगायतकाको आतिथ्यता रहेको थियो । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धुर्ब अधिकारीले स्वागत गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*