प्रदेश १ र बागमतीमा मुख्यमन्त्री बन्दैछन् दुई राजेन्द्र
सत्तारुढ दलहरुबीच भएको सहमतिअनुसार अब प्रदेश १ र बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री आउने छन् । यी दुवै प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु मुख्यमन्त्री बन्दै छन् । सत्तारुढ दलका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलमा दुवै प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी एकीकृत समाजवादीले पाउने तय भएको हो ।
यस्तो भएको खण्डमा अब दुवै प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र राई र राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै छन् । प्रदेश १ मा यसअघि नै राजेन्द्र राईले मुख्यमन्त्री बन्ने तयारी गरिसकेका थिए । त्यस्तै, बागमती प्रदेशमा राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् ।
अहिले दुवै प्रदेशमा नेकपा एमालेका नेताहरुले सरकार चलाइरहेका छन् । प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएको लामो समय भएको छैन । शाक्य २ भदौमा बागमतीकी मुख्यमन्त्री र प्रदेश १ मा १० भदौमा आचार्य मुख्यमन्त्री भएका थिए । ९ भदौमा एमाले विभाजन भएसँगै यी दुवै मुख्यमन्त्री अल्पमतमा परेका छन् । फरकधारबाट