शाहरुखपुत्र आर्यनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन आदेश

जनपत्र
२२ आश्विन २०७८, शुक्रबार ०६:०४

क्रुज लागुऔषध मुद्धामा फसेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालतबाट बिहीबार जमानत पाउन सकेनन् । अदालतले उनको जमानत निवेदनलाई अस्वीकार गरेको छ । अदालतको आदेशमा आर्यनसहित आठ आरोपीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

यद्यपि न्यायिक हिरासतमा पठाइएका आर्यनले तुरुन्तै जमानत निवेदन दर्ता गराए पनि यो मामलामा शुक्रबार बिहानमात्र सुनुवाई हुनेछ । आर्यनसहित बाँकी सबै आरोपीहरुले आजको रात एनसीबीको भवनमा बिताउनुपर्नेछ ।

आर्यनसहित ७ व्यक्तिलाई अक्टोबर ११ सम्म हिरासतमा राख्नका लागि एनसीबीले अदालतसमक्ष समय मागेको थियो । एनसीबीले हालसम्म छापामारीमा १६ जनालाई पक्राउ गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*