काठमाण्डौ महानगरपालिकाले भोलि कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने

जनपत्र
२१ आश्विन २०७८, बिहीबार १५:४४

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले भोलि शुक्रवार कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने भएको छ ।

भोलि काठमाण्डौ महानगरपालिकाका ३२ वटै वडामा भोलि १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिइने महानगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।

३२ वटा वडा कार्यालयसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो परिचय खुल्ने कागजातसहित केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*