एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

जनपत्र
२१ आश्विन २०७८, बिहीबार १३:३०

काठमाण्डाै – नेकपा एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ । जोशीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्नु भएको छ ।

१० बुँदे सहमतिकाे कार्यान्वयन नभएको भन्दै उहाँले एमाले त्यागेको बताउनु भएको छ । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र वाचन गर्नु भएको थियो ।

यसअघि वनमन्त्रीकाे जिम्मेवारी पनि सम्हालीसक्नुभएका जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । त्यस्तै उहाँ बझाङकाे  क्षेत्र नम्बर १ बाटै २०६४ सालमा  संविधानसभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*