रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलोपटक भिडिओ एक्सरे सेवा सुरु

जनपत्र
२१ आश्विन २०७८, बिहीबार १३:०६

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलो पटक भिडिओ एक्सरे सेवा सुरु भएको छ ।

स्वास्थ्य सेवा विभाग र त्रिवेणी गाउँपालिकाको सहयोगमा नेर्पा स्वास्थ्य चौकीमा एक्सरे सेवा सञ्चालन गरिएको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण बुढाले जानकारी दिनुभयो । विभागबाट मेसिन प्राप्त भएको र भवन तथा जडानका लागि गाउँपालिकाबाट करिब १२ लाख रुपैयाँ सहयोग भएपछि सेवा सुरु गरिएको हो । नेर्पा स्वास्थ्य चौकीमा भिडिओ एक्सरे सेवा सुरु भएपछि गर्भवती महिला र आपत्कालीन सेवाग्राहीहरुलाई जिल्ला अस्पताल वा दाङ झर्नुपर्ने बाध्यता हटेको छ ।

सेवालाई थप प्रभावकारी बनाउन सुरुमा अन्यत्रभन्दा सस्तो दरमा सेवा प्रवाह गरिरहेको रेडियोग्राफर दिनेश महराले बताउनुभयो । अन्यत्र ५ सय रुपैयाँ भन्दा बढी लाग्ने एक्सरे सेवा नेर्पा स्वास्थ्य चौकीले ३ सय रुपैयाँमै प्रदान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*