‘हेटौँडा रन’ प्रतियोगिता, दौडन युवाहरु उत्साही

जनपत्र
२१ आश्विन २०७८, बिहीबार ११:३६

हेटौँडा । मकवानपुरको हेटौँडामा आज बिहान हेटौँडा रन’ प्रतियोगिता भएको छ । हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ‘हेटौँडा रन’ प्रतियोगिता भएको हो ।

प्रतियोगिताको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले हरेक दिन बिहान हिड्नाले शरिरलाई स्वस्थ बनाउने वताउनुभयो । यस्ता प्रतियोगिताले हिड्ने बानीको विकास समेत हुने वताउनुभयो ।

‘हेटौंडा रन’ प्रतियोगितामा डेबिट मिजार प्रथम भएका छन् । बिहान सम्पन्न भएको ६ किलोमिटर दौड प्रतियोगितामा हेटौंडा(१४ का मिजार प्रथम भएका हुन् । यस्तै हेटौंडा १३ को अम्रित सुनार द्वितीय भए भने सोही स्थानको शशी प्रसाद विश्वकर्मा तृतीय भएका छन् । उनीहरुलाई हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले पुरस्कार वितरण गर्नुभयो ।  प्रतियोगितामा ४२ जनाले सहभागिता जनाएका थिए ।

खेल र दौडका माध्यमले शरिर स्वस्थ रहने भएकाले यसमा सबै सहभागि भइरहनुपर्ने वताउनुभयो । कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई लगायतकाको आतिथ्यता रहेको थियो ।

हेटौँडा उपमहानगरपालिकाका नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहिले हरेक खेलकुदका गतिबिधि अन्तरगत हेटौंडा रन पनि गरिएको वताउनुभयो । बिभीन्न खालका प्रतियोगिा निरन्तर रुपमा गर्दै जाने उहाँले वताउनुभयो । प्रतियोगिताको प्रथम हुनेले नगद १५ हजार सहित मेडल तथा प्रमाणपत्र, प्रतियोगिताको दोश्रो स्थान हाँसिल गर्नेले १० हजार तथा तेश्रो स्थान हाँसिल गर्नेले ५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*