हेटौंडाको पीप्लेमा व्याडमिन्टन प्रतियोगिता सुरु
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ को आयोजनामा पीप्लेको बालज्योती माबिको कबर्ड हलमा व्यामिन्टर प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले यस्ता प्रतियोगिता दशैको समयमा भन्दा पनि सधै गर्नुपर्ने वताउनुभयो ।
उपमहानगरपालिका वडा नम्बर–५ कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै उहाँले ब्याडमिन्टनले शरिर पनि फुर्तिलो हुने भएकाले यसमा धेरैको सहभागिता आवस्यक रहेको वताउनुभयो । कार्यक्रममा हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँ, पीप्लेयुवा क्लबका अध्यक्ष सुविन घिमिरे, वडा सदस्यकहरु लगायतकाको सहभागिता रहेको थियो ।