उपचारको क्रममा तीन वर्षीया बालिकाको मृत्यु, पाँचथर अस्पताल तोडफोड

जनपत्र
२१ आश्विन २०७८, बिहीबार ०६:१९

पाँचथर जिल्ला अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ। तीन वर्षीया बालिका कृष्टिना थाम्सुहाङको बुधबार उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालका अनुसार बालिकालाई उपचारका लागि बुधबार बिहान नै अस्पतालमा ल्याइएको थियो। ज्वरो आएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्युभएपछि अस्पतालमा आक्रमण भएको छ। आक्रमणका क्रममा अस्पतालमा तोडफोड भएको प्रहरीले जनाएको छ।

मृतक बालिकाका आफन्तले उपचारका विषयमा छानबिन गर्न माग गरेका छन्। उनीहरुले उपचारका क्रममा लापरबाही भएको आरोप लगाउँदै छानबिनको माग गरेका हुन्। बालिकाको मृत्युपछि अस्पताल प्रशासन र आफन्तबीच छलफल चलिरहेको समयमा अस्पतालमा आक्रमण भएको थियो।अस्पतालमा आक्रमण भएपछि ठूलो मात्रामा प्रहरी परिचालन भएका छन्।

अस्पतालका एक कर्मचारीका अनुसार बालिकाको मृत्युपछि आफन्त, अस्पताल र जिल्ला प्रशासनसँग समेत वार्ता भएको छ। तर वार्ता निष्कर्षमा पुग्न नसकेको बताइएको छ। प्रशासनले छानबिन समिति बनाएर ७ दिनभित्र प्रतिवेदन निकाल्ने र सोही आधारमा क्षतिपूर्ति र कारबाही गर्ने प्रस्ताव राख्दा समेत वार्ता नमिलेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*