७३ वर्षमा पाए बाैवालालले नागरिकता

जनपत्र
२० आश्विन २०७८, बुधबार १६:३७

सप्तरी – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका – ४ मधवापुर निवासी बौवालाल गुरमैता यादव ७३ वर्षका हुनुभयाे । यो उमेरसम्म उहाँले नागरिकता पाउनुभएकाे थिएन । जन्मैदेखि पूर्ण अपांग हुनुभएका उहाँ जिल्ला प्रशासन कार्यालयसम्म जान सक्नुहुन्नथ्याे । अहिले भने बाैवालालले आफ्नै घरमै नागरिकता पाउनुभएकाे छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा गएको टोलीले गुरमैतालाई घरमै नागरिकता प्रदान गरेका छन् । यादव घिस्रेर हिँड्नुहुन्छ । ७३ वर्षको उमेरसम्म पनि नागरिकता नपाउँदा उहाँ विभिन्न सरकारी सेवासुविधा पाउनबाट बञ्चित हुँदै आउनुभएकाे थियाे ।

हालसम्म पनि नागरिकता नपाएको जानकारी पाएपछि स्थानीय युवाले नागरिकता दिलाइदिन पहल गरेका थिए । ‘उनका दाजुभाइ र परिवारका अन्य सदस्यले नागरिकता बनाइसकेका रहेछन्, उनले बनाउनै सकेका थिएनन्’ स्थानीय युवा सन्दीप कर्णले भन्नुभयाे, ‘हिँड्न नसकेकै कारण सीडीओ कार्यालयसम्म नपुग्दा नागरिकताबाट बञ्चित भएकालाई प्रमुख जिल्ला अधिकारी आफैं आएर नागरिकता प्रदान गर्नुभएको छ ।’

सप्तरीमा यसअघि पनि जन्मैदेखि अपाङ्ग रहेका एक युवकलाई पनि घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । तिलाठी कोइलाडी गाउँपालिका ४ का प्रल्हाद मण्डललाई तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले २७ साउनमा घरमै गएर नागरिकता दिनुभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*